काठमाडाैं । जेनजी समन्वय संघर्ष समितिले सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग अघि सारेका छन्।
काठमाडौंमा मंगलबार जेनजी युवाले आह्वान जन-आन्दोलन, २०८२ समन्वय संघर्ष समितिले पत्रकार सम्मेलन गरी मुलुकलाई निकास दिन राजनीतिक दलहरुसहितको सर्वपक्षीय अन्तिम सरकार गठन हुनुपर्ने माग गरेको हो। राष्ट्रिय संकट समाधानका लागि राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधि सम्मलित सो सरकार गठन हुनुपर्ने माग गर्नुपरेको समितिका प्रतिनिधि लेनिन विष्टले बताउनुभयो ।
संयोजक विष्टले सोही सरकारले हवन छलफल गरी १८ महिनाभित्र संविधान संशोधन, निर्वाचन प्रणालीमा आमूल सुधार र राष्ट्रिय नीतिमा पुनरावलोकन गरी मुलुकलाई निर्वाचनमा लैजानुपर्ने जिम्मेवारी पूरा गर्ने लक्ष्य राख्नुपर्ने आफूहरुको प्रस्ताव रहेको समेत बताउनुभएकाे छ। संघर्ष समितिले सोही सरकार गठनका लागि सहयोग गर्न नेपाली कांग्रेस र नेकपा एकाले लगायतका पुराना राजनीतिक दलहरुलाई पनि आग्रह गरेको छ।
संयोजक विष्टले नयाँ सरकार गठनका लागि आफूहरुले विभिन्न राजनीतिक दलहरुसँगको छलफललाई अघि बढाइसकेको समेत बताउनुभयाे ।




प्रतिक्रिया दिनुहोस्