Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


वीपी राजमार्गमा कार दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते


2.1k
Shares

काठमाडाैं। वीपी राजमार्ग सडक खण्डमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सिन्धुलीको सुनकोशी गाउॅपालिका-६ चैनपुरमा मंगलबार कार दुर्घटनामा परी अन्य २ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे।विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार मंगलबार बिहान आफैं अनियन्त्रित भएर सडकदेखि अन्दाजी ४२ फिट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका-१७ का ६५ वर्षिया ओमबहादुर अर्जेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ। कार ओमबहादुरले चलाएकाे र कारमा सवार उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल सवार थिए । उनीहरू दुवै जना घाइते भएका छन् ।

प्रहरीले सुनिताको अवस्था गम्भीर र निशान्तको अवस्था मध्यम रहेको बताएकाे हाे। घाइतेहरूको खाल्टे स्थित आत्मिय सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको कार्यालयले जनाएकाे हाे।