Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


कार्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविर जान रोक


273
Shares

काठमाडौं ।

हिमपातसँगै बढेको जोखिमका कारण म्याग्दी जिल्ला प्रशासन कार्यालयले प्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका लागि रोक लगाएको छ ।

आधारशिविर क्षेत्रमा आजदेपखि नै हिमपात पर्न सुरु भएपछि आगामी १४ गतेसम्मका लागि पूर्ण रुपमा रोक लगाएको हो ।

प्रशासनले पदयात्राका क्रममा विभिन्न स्थानमा रहेका पदयात्री र पर्यटकहरुलाई सुरक्षित भएर बस्न पनि आग्रह गरेको छ । त्यस्तै आफू रहेको स्थान र यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था र बसोबासको व्यवस्था ख्याल गरेर सुरक्षित रहन पनि प्रशासनले अनुरोध गरेको छ ।

म्याग्दी जिल्लाका जोखिमयुक्त पर्यटकीय स्थलहरूमा अन्नपूर्ण बेसक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरि पदमार्ग र मोहरेडाँडा छन् । हिमपातजन्य मौसमी जोखिमबाट नागरिकको सुरक्षाका लागि आवश्यक भूमिका निर्वाह गर्न सरोकारवाला तथा स्थानीय तहहरूलाई समेत जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।