काठमाडौं ।
रुकुमपूर्वका विभिन्न उच्च पहाडी र हिमाली क्षेत्रमा गएराति देखि वर्षा सँगै हिमपात भएको छ । जिल्लाका भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका उच्च पाटन क्षेत्रमा यस वर्षको पहिलोपटक सेताम्मे हिउँ परेकाे हाे ।
पर्यटकहरूले हिमपातपछि “रमाइलो” भनेका छन् भने स्थानीयहरूले बाहिर निस्किन कठिन भएको बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अरब सागरमा विकसित मौसमी प्रणालीको प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा वर्षा भएको छ ।
हिमपात र वर्षासँगै चिसो बढेको छ । कृषि विशेषज्ञहरूले यसले हिउँदे बालीका लागि फाइदाजनक हुने बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्