काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यो अघिल्लो दिन सोमबार सुनकाे मूल्य प्रतिताेला २ लाख ३९ हजार ९ सय रुपैयाँमा किनबेच भएकाे थियाे । चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
सोमबार प्रति तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार घटेर २ हजार ९२० रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्