Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


घट्याे सुनकाे मूल्य, प्रतिताेला कति पुग्याे ?


2.4k
Shares

काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यो अघिल्लो दिन सोमबार सुनकाे मूल्य प्रतिताेला २ लाख ३९ हजार ९ सय रुपैयाँमा किनबेच भएकाे थियाे । चाँदीको मूल्यमा पनि गिरावट आएको छ।

सोमबार प्रति तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार घटेर २ हजार ९२० रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।