Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि वर्षा र हिमपात, पदयात्रा नगर्न आग्रह


689
Shares

काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि वर्षा र हिमपात भएको छ।

हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन्। हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरू प्रभावित भएका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले पर्यटकहरूलाई सुरक्षित बस्न अनुरोध गरेको छ।

सूचना :

विषय- सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना।
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार २०८२ कार्तिक १० देखि १२ गतेसम्म उच्च हिमाली क्षेत्र (मुस्ताङ) जिल्लाको मुस्ताङ डोल्पा याकखर्क क्षेत्र ५८०० मिटर, मुस्ताङ मनाङ थोरङला पास ५४५० मिटर, मुस्ताङ (मनाङ सरिबुङ पास ६००० मिटर र मुस्ताङ म्याग्दी धौलागिरी पदमार्गको धम्पुस पिक)लगायतका क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने उच्च सम्भावना रहेकोले उक्त क्षेत्रका पदमार्ग भएर पदयात्रा नगर्नुरनगराउनु हुन साथै यस जिल्लाको अन्य भागमा समेत हिमपातरवर्षाको सम्भावना रहेकोले पर्यटकरतिर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी आवश्यक जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ।

विष्णुप्रसाद भुसाल (प्रमुख जिल्ला अधिकारी)