केके मानन्धर
काठमाडाैं ।
स्याङ्जाको हरिनास गाउँपालिकामा इतिहासमै पहिलोपल्ट नेपाल संवत् ११४६ नयाँ वर्षलाई स्वागत गर्दै न्हूदँया भिंतुना –याली आयोजना गरेको छ ।

मौलिक पोशाकमा धिमे बाजा बजाएर न्हूदँया भिंतुना उल्लेख भएको व्यानर प्रदर्शन गरी कात्तिक ५ गते बुधबार ¥याली गरेको हो । नेपालभाषा, संस्कृति, कला र रहनसहन संरक्षण गर्ने सन्दर्भमा यो ठाउँमा अभियान सन्चालन भइरहेको हरिनास गाउँपालिका वडा नं। १ सालडाँडाका भेषराज मानन्धरले जनाउनुभयो ।

¥याली पश्चात् सामुहिक म्हपूजा गरेर सुकुल भोजको आयोजना गरिएको उहाँले बताउनुभयो । सोही क्रममा क्याक्मी हट्टियाबाट सुरु भएको भिंतुना ¥याली कोटथोक, दग्दी बजार, गैह्राखोला, सेखाम, बलिकोट, छिपुगं, गृहकोट, प्यारसिंग, सालडाँडा पुगेर समापन भएको थियो ।

भिंतुना सांस्कृतिक ¥याली हरिनास गाउँपालिकाका विभिन्न ठाउँमा परिक्रमा गरिरहँदा सम्बन्धित ठाउँका युवाहरुले नेपाल संवत्को महत्व, ऐतिहासिक पृष्ठभूमि, अपनत्व गर्नुको कारणदेखि म्हपूजाको अर्थ, दार्शनिक विषय र अध्यात्मको विषयमा आआफ्नो धारणा प्रस्तुत गरेको थियो ।

केन्द्रीय मानन्धर संघले स्याङ्जा, नवलपुर व पाल्पाका विभिन्न ठाउँमा सघन बसोबास गर्दैआएका नेवारहरुलाई राजधानीमा आमन्त्रण गरेर विभिन्न खाले प्रशिक्षण दिए पश्चात् यो ठाउँमा एक किसिमको नेवार पहिचान पुनरूत्थान भइरहेको छ । पछिल्लो समय स्याङ्जाको हरिनासस्थित क्याक्मी, गृहकोट, सालडाँडा, गैह्राखोला, सेखाम, पाल्पाको रामपुर, नवलपुरको बसन्तपुरमा सामुहिक धिमे बाजा बजाउने प्रचलन सुरु भएको छ ।

स्याङ्जाका विभिन्न टोलमा बसोबास गर्दैआएका मानन्धरहरूले संयुक्त रूपमा धिमे बाजा बजाउने, संयुक्त म्हपूजा गर्ने, बडा दशैंमा बाजा बजाएर नवरात्र जाने र वैशाख पूर्णिमा (बुद्धजयन्ती) लाई आफ्नै मौलिक शैलीमा मनाउने प्रचलनको पुनर्जागरण भइरहेको छ ।

स्याङ्जाका विभिन्न ठाउँबाट बसाइ सराइ गरेर पाल्पा पुगेका नेवारहरुले यो वर्ष रामपुरमा पनि भव्य रुपमा नेपाल संवत् ११४६ नयाँ वर्षको उपलक्ष्यमा भिंतुना सांस्कृतिक कार्यक्रम गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्