Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


‘मन बिनाको धन’को टिजर सार्वजनिक


442
Shares

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’को टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक टिजरमा रुँदै गरेका अशोकलाई देख्न सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको गीतको केही अंश प्रस्तुत गरिएको छ ।

यही कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’को अहिले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ । टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’चलचित्रलाई टंक बुढाथोकी आफैंले लेख्नुभएको हो भने पटकथा र संवाद शिवम् अधिकारीको छ ।

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झालगायत कलाकारको अभिनय छ ।