काठमाडौं ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल भाेलि मधेस प्रदेश जान लाग्नुभएकाे छ ।
मन्त्री अर्यालसँगै उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगालसमेत जाँदै हुनुहुन्छ ।
उहाँहरू दुई दिन मधेसमा रही सुरक्षा निकायका कार्यालयहरूको अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया र छठसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्