Logo ९ कार्तिक २०८२, आइतबार | Sun Oct 26 2025


विश्वकप लिग-२ : नेपाल र अमेरिका भिड्दै


1.2k
Shares

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत यूएईमा हुने श्रृंखला आजबाट सुरु हुँदैछ ।

त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् । खेल युएईको दुबाईमा नेपाली सयम अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

केही दिनदेखि यूएईमा अभ्यासमा व्यस्त रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट एक दिवसिय श्रृंखला खेल्न लागेको हो । यो श्रृंखला कात्तिक १९ गतेसम्म चल्नेछ । नेपालले दोस्रो खेल कात्तिक १३ गते युएई, तेस्रो खेल कात्तिक १५ गते अमेरिका तथा अन्तिम खेल कात्तिक १९ गते युएईसँग खेल्नेछ ।

विश्वकप लिग–टु मा १२ खेल खेलेको नेपालले १६ अंक जोडेको छ । समान खेल खेलेको युएईको ६ अंक छ । तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ ।

२० खेल खेलिसकेको अमेरिका २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । शिर्ष स्थानको स्कटल्याण्डले २४ खेलबाट ३० अंक जोडेको छ ।