Logo ९ कार्तिक २०८२, आइतबार | Sun Oct 26 2025


छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै


338
Shares

काठमाडौं ।

सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ ।

आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरीन्छ ।

दिनभर उपवास बसेका छठ व्रतालुले आज साँझ नियम निष्ठाकासाथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिन्छन् ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ व्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो खानेकुरा खाएपछि हिजो विधिवत रुपमा सुरु भएको हो ।

भोली सोमबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । चारदिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व समापन हुने गर्दछ ।

तराई मधेशको महत्वपूर्ण पर्व छठ आजभोलि देशैभर उल्लसका साथ मनाउने गरिएको छ ।