Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


गृहमन्त्री अर्याल भन्छन्– सुरक्षा स्थिति सामान्य बनाउन निरन्तर समन्वय भइरहेको छ


312
Shares

काठमाडौं ।

प्रधानमन्त्रीसुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरुसँग सामुहिक छलफल गर्नुभएको छ ।

विभिन्न राजनीतिक दलहरुले सडक प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग शनिवार बालुवाटारमा छलफल गर्नुभएको हो ।

मुलुकमा सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण गरी निर्वाचनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित रहेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो । उहाँले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरुलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरु राख्न पनि आग्रह गरिएको बताउनुभयो ।

सरकारले संवादमार्फत राजनीतिक दलहरुको मागको सुनुवाई गर्ने भएकाले सडक प्रर्दशन आवश्यक नभएको पनि गृहमन्त्री अर्यालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘खास गरेर यो सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण हो अहिले । स्थिति सामान्यीकरण गर्ने र अरु बाँकी चुनावको वातावरण बनाउनका लागि चाहिने शान्ति सुरक्षाको प्रत्याभुति दिने कुरामा नै केन्द्रित छौं । आज विषयवस्तुको सुक्ष्म विश्लेषण भयो ।

र खास गरेर सडक प्रर्दशनसँग सम्बन्धित विषयवस्तुहरु र त्यसले निम्त्याउने सुरक्षा जोखिमका बारेमा हामीले गहन छलफल गरेका छौं । जसका पनि राजनीतिक मागहरु छन भने सरकारले सम्वादको माध्यमबाट ती कुराहरु सुनिदिन्छ । अब सम्वादका इन्गेज हुनुप¥यो सबै । किनभने अब सडकमा जाने पनि सरकारलाई सम्वादको लागि अपिल गरेको हो । अव सडकमा नगई पनि संवाद हुन्छ भने संवादमा नै आउनुपर्छ ।

सडकमा जान जरुरी छैन । अब सडकमा जानुपर्ने परिस्थिति हुन्छ भने पनि त्यो लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकारमा हनन हुनुपनि भएन । सार्वजनिक सम्पतीमा क्षति पु¥याउनु पनि भएन । निजी सम्पतीमा क्षति पु¥याउनु पनि भएन । कहीँकतै हिंसा हुनै भएन । अहिंसात्मक तरिकाले गर्नुपर्दछ । यो कुराको सम्झदारी हामी विभन्नि राजनीतिक दलहरु जो आन्दोलनकारी हुनुहुन्छ ।

उहाँहरुसँग सरकारले यो अनुरोध गरिरहन्छ । सरकार यो नीतिअनुसार चल्छ तत्काललाई । जो राजनीतिक शक्ति छन् । त्यो शक्ति भनेको धेरै जिम्मेवार शक्ति हो । भविष्यमा देश चलाउने हो भनेर जसले भन्नुहुन्छ । त्यो भनेको राजनीतिक कुरा हो । राजनीतिक कुरा भएपछि राजनीतिक व्यवहार पनि हुनुप¥यो ।

राजनीतिक संस्कार पनि हुनुप¥यो । त्यसको वोध पनि गराउनु प¥यो । सरकार एउटा अभिभावक पनि हो । सरकारले त्यो कुराको वोध गराउँछ । त्यसका लागि हामी सम्वादमा नै जोड दिन्छौ ।’ सरकारले मुलुकका सुरक्षा अवस्थामा जोखिम निम्तिने अवस्था विद्यमान रहेको उल्लेख गर्दै सडक प्रदर्शनमा नजान सबै राजनीतिक शक्तिहरुलाई आग्रह गर्दै आएको छ । मुलुकको सुरक्षा अवस्थालाई सामान्य बनाउन आफूहरु सुरक्षा निकायसँग निरन्तर छलफलमा रहेको पनि गृहमन्त्री अर्यालले बताउनु भयो ।