Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


ह्यात होटल बन्दबारे प्रधानमन्त्री कार्कीको चासो


5k
Shares

काठमाडौं ।

ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेश निषेध गरिएको भन्ने सूचनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान सम्पर्क गरी सो सम्बन्धमा जानकारी लिनुभएको छ।

कुराकानीका क्रममा अर्थमन्त्री खनालले ह्यात व्यवस्थापनलाई सरकार पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिन तयार रहेको बताउँदै सेवा सुचारु गर्न आग्रह गर्नुभएको छ।

उहाँले भन्नुभयो, “तपाईंहरू आत्तिनु पर्ने कुनै कारण छैन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौं। सुरक्षाको व्यवस्था हामी मिलाउँछौं। कत्ति पनि विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।” यसैबीच, होटल व्यवस्थापन र सरकारबीच भोलि आइतबार थप छलफल गरी आवश्यक पहल गर्ने तयारी भएको सरकारका स्रोतले जनाएका छन्।