Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


भित्री तराईमा पहाडिया र मधेशी मिलेर एक साथ छठ पर्वको तयारी


312
Shares

यसोदा राउत
सिन्धुली ।
तिहारको समापनसँगै भित्री तराईमा पर्ने सिन्धुली जिल्लामा पनि पहाडिया र मधेशी मिलेर एक साथ छठ पर्वको तयारी गरिएको छ ।

विगतमा तराईका जिल्लाहरुमा मनाईने छठपर्व पछिल्लो समयमा भित्री तराईमा समेत तराई र पहाडिया मूलका जात जातीका मानिसहरु मिलेर एक साथ मनाउन थालेका छन् ।

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा यसवर्षको छठपर्व तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ छठ सामग्रीहरुको व्यवस्था गरी गौमती छठी घाट तयारी गर्न थालेका छन् ।

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी, भिमान, दुधौली, खुर्कोट लगाएतका सिन्धुली जिल्लाका विभिन्न स्थानहरुमा छठपर्व मनाउन तराईया र पहाडिया मूलका मानिसहरुले एकै साथ छठ छठका सामग्रहिरको किनमेल र छठी घाट तयारी गर्न थालेका छन् ।

विगतमा तराईका जिल्लाहरुमा तराईका सिमित जातीले मात्र मनाउने गरेको छठपर्व पछिल्लो समयमा तराई,भित्री तराई र पहाडी जिल्लाहरुमा समेत मनाईन थालेपछि छठपर्व सबै जातजाती र भाषाभाषीको एकताको प्रतिक बन्दै गएको छ ।

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी, भिमान, दुधौली,डकाहा लगाएतका सिन्धुली जिल्लाका विभिन्न स्थानहरुमा यसवर्षको छठपर्व मनाउन तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ सहभागी भैरहेका छन् ।

आयातित बस्तुको तुलनामा स्थानीय उत्पादन केरा,नरिवल, मुला,अदुवा,कागती,केराउ,उखु,फलफुल लगाएतको प्रयोग र खपत बढी हुने गरेको छठपर्व मनाउदा श्रद्धालु भक्तजनहरुलाई आर्थिक भार समेत कमपर्ने देखिएको छ ।

छठको प्रसादमा उखु, केराउ,केरा, नरिवल, मिठाई, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । यो ब्रत गर्नाले चर्मरोग छिटो निको हुने विश्वास गरिन्छ ।

पारिवारिक सुख,शान्ति तथा समृद्धिको कामना गर्दै सुर्यदेवको उपासना गरी पूजा आराधना गरी लगातार ४ दिन सम्म निष्ठापुर्वक शुद्ध भोजन गरी ४८ घण्टा सम्म निराहार व्रतबसी अस्ताउदो सूर्यलाई जलाशयमा उभिएर पूजा सहित अर्घ दिएपछि रातभर जाग्राम बसी उदोउदो सुर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न गरिन्छ । पवित्र मनले छठ पर्व मनाउदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।