Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


उदयपुरमा बोलेरो दुर्घटनामा हुँदा १५ जना घाइते


130
Shares

काठमाडाैं । उदयपुरको कटारी नगरपालिका वडा ४ बिजुलेडाडास्थित बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

कटारीबाट लेखानी तर्फ जाँदै गरेको बा ७ च ३६९५ नं बोलेरो पिकअप आँफै अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार १५ जना घाइते भएका हुन् ।

घाइतेहरूलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याई उपचार भइरहेको छ । बिरामीको अवस्था अनुसार अन्य अस्पतालहरुमा रेफर गर्ने तयारी समेत भइरहेको छ ।

सो दुर्घटनामा परी घाइते हुनेहरुमा सिन्धुली दुधौली नगरपालिका-१४ बस्ने वर्षीय ६७ को क्षेत्र बहादुर मगर, कटारी नगरपालिका-८ बस्ने वर्षीय ४५ को अर्जुन तामाङ, साेही नगरपालिका बस्ने वर्ष २५ की राममाया तामाङ रहेका छन् ।

यसैगरी अन्य घाइतेहरमा कटारी १४ कै ३३ वर्षीय मिना कुमारी तामाङ, ३० वर्षीय दुर्गा दुलाल, २४ वर्षीय मनिषा दुलाल रहेका छन् । यसैगरी सो दुर्घटनामा परेर साेही नगरपालिका वडा- ९ बस्ने अनिल तामाङको छोरा १३ वर्षीय लाटाङ तामाङ, वडा नं- ८ बस्ने ५२ वर्षीय दिल बहादुर तामाङ, वडा नं- ८ का ५९ वर्षीय अमृत बहादुर तामाङ, वडा नं-८ बस्ने ६२ वर्षीय रत्नलाल तामाङ रहेका छन् ।

अन्य घाइतेहरुमा साेही बस्ने ४३ वर्षीय मान बहादुर श्रेष्ठ, बस्ने ६८ वर्षीय कृष्ण राई,वडा नं-१४ बस्ने ३४ वर्षीय देव बहादुर राई, वडा नं ५ बस्ने सोम बहादुर तामाङको छोरा वर्ष ६ को चन्द्र बहादुर तामाङ र २२ वर्षीय लक्ष्मी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले बोलेरो चालक कटारी नगरपालिका वडा नं- १४ लेखानी बस्ने ३० वर्षीय सागर राईलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेकाे छ ।