
काठमाडौँ ।
दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ ।
बुधवार रुपन्देही गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा उक्त घटना भएको हो ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेका छन् ।
रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार बेपत्ता भएको खबरपछि प्रहरी र स्थानीयले खोजी गर्दा शव फेला परेको हो ।
प्रतिक्रिया दिनुहोस्