Logo ५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025


मोरङमा जुवा खेलिरहेकाे ठाउँबाट पाँचजना पक्राउ


0
Shares

काठमाडौं । मोरङमा जुवा (कौडा) खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ६७ वर्षीय अरुण गुप्तासहितका व्यक्तिहरू छन् ।

मोरङकै ग्रामथान गाउँपालिका–३, सिद्राहा बाँसबारी चोकमा कौडा खेलिरहेको अवस्थामा मंगलबार ९कात्तिक ४० राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ४८ हजार ५४० रुपैयाँ र कौडा १५ थानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।