Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु


0
Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सुरु भएको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधिहरूलाई बोलाइएको छ ।

बैठकमा अगामी २१ फागुनका लागि तय गरिएको निर्वाचनबारे राजनीतिक दलहरूसँगले छलफल गर्ने बताइएको छ ।

यसअघि प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरिसकेका छन् । बैठकमा नेपाली काँग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा ९माओवादी केन्द्र० बाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका छन् ।

रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी रहेका छन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ला, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन् ।