Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


दिलीको वायु प्रदुषण गम्भीर खतरामा


364
Shares

काठमाडाैं ।
भारतको राजधानी नयाँदिल्लीको वायु प्रदुषण पुनः खतरनाक अवस्थामा पुगेको छ ।

दिपावलीको आतिशवाजीका कारण दिल्ली लगायतका विभिन्न शहरमा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले सिफारिस गरेको दैनिक अधिकतम सीमा भन्दा १६ गुणा बढी प्रदुषण पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

तीन करोडभन्दा बढी जनसंख्या रहेको दिल्ली तिहारको समयमा हरेक वर्ष झै यस पटक पनि विश्वका सबैभन्दा प्रदूषित राजधानीहरू मध्ये एक बन्न पुगेको छ ।

यसअघि सर्वोच्च अदालतले यस वर्षको दीपावलीका लागि कम प्रदूषण गर्ने ‘हरित पटाका’ मात्र प्रयोग गर्न अनुमति दिँदै पूर्ण प्रतिबन्ध हटाएको थियो । ती हरित पटाका कम कण उत्सर्जन गर्ने उद्देश्यले तयार गरिएको भएपति विगतका वर्षहरूमा जस्तै यसपटक पनि धेरैले प्रतिबन्धको बेवास्ता गरेको समाचारहरुमा उल्लेख गरिएको छ ।

यसैबीच भारतको वायु गुणस्तर व्यवस्थापन आयोगले आगामी दिनहरूमा हावाको गुणस्तर अझ बिग्रने चेतावनी दिएको छ । आयोगले डिजेल जेनेरेटरको प्रयोग घटाउन र निरन्तर बिजुली आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह समेत गरेको छ । दिल्लीका थुप्रै शहरमा वायु प्रदुषणको खतरनाक स्तर ४ सय एक्युआईमाथि पुगेको जनाइएको छ ।