Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


लक्ष्मीपूजामा विद्युत् माग एक हजार ६५० मेगावाट


91
Shares

काठमाडौँ ।

यो वर्षको लक्ष्मीपूजामा देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएकाे छ ।

लक्ष्मीपूजाको दिन सोमबार साँझ ६: ५० बजे पिक डिमाण्ड एक हजार ६५० मेगावाट रेकर्ड गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

गत वर्ष लक्ष्मीपूजाङ्पिगा क डिमाण्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको थियो । गत वर्षको भन्दा यो वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ४८ मेगावाट बढी हो।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको भएको प्राधिकरणले बताएको छ। लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत् गृहबाट उत्पादन गरी आपूर्ति गरिएको थियो।

देशभित्रको विद्युत् मागलाई पूरा गरी बढी भएको १ हजार १५ मेगावाट विद्युत् पिक समयमा भारत निर्यात गरिएको छ। प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ ।