Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु


494
Shares

काठमाडौं ।

भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो भरतपुर विमानस्थल नजिकै सडकमा बा.प्र.०६-००३ प ०६९२ नं.को स्कुटर अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा स्कुटर चालक भरतपुर-२१ वस्ने २५ वर्षीय संदिप घिमिरे र पछाडि बसेका २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए।

उनीहरुको भरतपुर अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।