
काठमाडाैं । उपभोक्ताहरुले यसपाली फूल महंगो भएको गुनासो गरेका छन् ।
विदेशी फूल आयातमा रोक लगाएपछि फूल महंगो भएको हो । बजारमा पर्याप्त मात्रामा फूल उपलब्ध नभएको पनि उपभोक्ताहरुको गुनासो छ ।
गत वर्षहरुमा एक झुप्पा फूलको ८ सय रुपैयाँमा किन्ने गरेकोमा अहलिे हजारदेखि १२ सय रुपैयाँसम्म पर्ने गरेको उनीहरुको भनाइ छ । विदेशी फूल आयातमा रोक लगाइएकाले कालोबजारी बढेको गुनासो पनि उपभोक्ताहरुको छ ।
भारतबाट आउने फूलमा रोक लगाइएको तथा स्थानीय तहहरुले प्लाष्टिकका फूल प्रयोगमा पनि रोक लगाएकाले फूलको आपूर्ति र मूल्यमा समस्या भएको हो ।
यता, काठमाडौ महानगरपालिकाले तिहारका लागी फूल र माला बेच्न ३२ स्थान तोकिदिएको छ । आज लक्ष्मीपुजाका लागि फूल किन्नेहरुको बजारमा भीड लागेको छ ।
प्रतिक्रिया दिनुहोस्