Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


वाढी,पहिरोका कारण ५७ करोड बढीको क्षति


65
Shares

काठमाडौं ।

गत असोज १७ र १८ गते परेको वाढी र पहिरोका कारण पाँचथरमा ५७ करोड रुपैयाको क्षति भएको छ ।

कोशी प्रदेश सरकारको लगानीमा बनेका विभिन्न पूर्वाधारमा करिब ५७ करोड ५० लाख रुपैयाको क्षति भएको पूर्वाधार विकाश कार्यालय पाँचथरले जनाएको हो ।

पुल,सडक र अन्य क्षेत्रमा गरी उक्त रकम बरावरको क्षति भएको पूर्वाधार विकाश कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र कुमार सिंहले जानकारी दिनुभयो । १८ वटा झोलुङ्गे पुलमा करिब १५ करोड ५० लाख,६ वटा सडक पुल र कलभटमा १० करोड र विभिन्न ७ वटा सडकखण्डमा ३२ करोड रुपैया बरावरको क्षति पुगेको सिंहको भनाई छ ।

वर्षातका कारण अवरुद्ध केहि सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएका छन् । सबैभन्दा धेरै क्षति भएको फिदिम–फालोट सडक खण्डमा पर्ने फेमे खोलामा कल्भर्ट र डाइर्भसन निर्माण गरेर संचालनमा आइसकेको छ शिवालय–रानीटार–लुङरुप्पा–गोरुवाले सडक पनि नाम्दु खोलासम्म आंशिक रूपमा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

यसबाहेक अवरुद्ध बनेका अन्य सडकखण्डमा पनि मर्मत पश्चात संचालनमा आएका छन् ।