Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


पूर्व स्वास्थ्य सचिव मिश्रासहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा


754
Shares

काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्राविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा विभिन्न खरिदमा अनियमतिता गरेको सम्बन्धि आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा लगेको हो ।

जेनजी आन्दोलनपछि गठित सरमार स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मिश्रासहित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, सेवा विभागका निर्देशक डा विवेकुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सिता घिमिरे, जनस्वास्थ्य अधिकृत दिपक अधिकारी विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

यस्तै, तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, विभागका बायोमेडिकल इन्जिनियर आशिष चौहान, पद्मा मिश्र, जनस्वास्थ्य निरिक्षक संजयकुमार साह, म्याक्सिम ईन्कर्पेरिशन ट्रेडस प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरूद्ध पनि मुद्दा दायर गरिएको छ ।

उनीहरुले स्वास्थ्य सेवा विभागको म्यानोग्राफी मेसिन खरिद प्रक्रियामा १४ करोड ६ लाख ८५ हजार भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । स्वास्थ्य मन्त्रालयको सचिवको दाबेदार रहेकी मिश्रा सचिव बन्न नपाएपछि विदामा बस्दै आएकी थिइन् भने जेनजी आन्दोलनपछि उनले अतिरिक्त सचिवबाट राजीनामा गरेकी थिइन् ।