Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


राजनीतिक दलका शीर्ष नेतासँग संवाद गर्ने प्रधानमन्त्री कार्कीकाे तयारी


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूसँग संवादका लागि आइतबार पत्र पठाउने तयारी गर्नुभएकाे छ।

प्रधानमन्त्री कार्कीले दलहरूसँग राजनीतिक संवादका लागि पत्र पठाउन लागेको उहाँकाे सचिवालयले जनाएकाे हाे। प्रधानमन्त्री कार्कीले पत्र पठाएर यहि हप्ताभित्र राष्ट्रिय दलका प्रमुख नेताहरूसँग संवाद गर्नुहुने भएकाे छ।

आइतबार त्यसको मिति तोकिने सचिवालयले जनाएकाे हाे।