
काठमाडौं । नेपाली बजारमा आइतबार छापावाला सुनको मूल्य ह्वात्तै घटेकाे छ।
छापावाला सुन तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे।यसअघि गत शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य हप्ताको कारोबारको पहिलो दिन भने घटेर २ लाख ५३ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।
यस अघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनकाे मूल्य निरन्तर रुपमा उकालाे लागिरहेकाे छ । तर आइतबार अचानक सुनकाे मूल्य घटेकाे हाे।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार ७५ रुपैयाँले घटेर तोलामा ३ हजार २ सय ७५ रुपैयाँमा कारेाबार भएको महासंघले जनाएकाे छ। शुक्रबार चाँदी तोलामा ३ हजार ३ सय ५० रुपैयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्