Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


कैलालीमा भन्सार छली बढ्यो


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असोज ५ । पछिल्लो समय कैलालीमा भन्सार छली गरेर विभिन्न सामान भित्र्याउनेको संख्या बढ्न थालेको छ ।

सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीले गत आर्थिक वर्षमा ९७ लाख ८७ हजार १५३ रुपैयाँ बराबरका भन्सार छलीको सामान बरामद गरेको थियो । जसमा पाँचथान मोटरसाइकलसमेत थिए ।

तर, चालू आर्थिक वर्षको दुई महिनामै ७९ लाख ६८ हजार २६१ रुपैयाँ बराबरका सामान बरामद गरेको सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

दुई महिनाको अवधिमा अटो चारथान, मोटरसाइकल १३ थान, जिप एकथान र सामान ओसार–पसारमा संलग्न रहेका सातजनालाई पक्राउ गरिएको जनाइएको छ ।

यस्तै, शुक्रबार पनि भन्सार छलेर ल्याइँदै गरेका कपडा र स्टीलका रेलिङसहित दुईथान मोटरसाइकल नियन्त्रणमा लिइ भन्सार कार्यालय कैलालीमा बुझाइएको जनाइएको छ ।