
काठमाडौं । कलाकार रमेश दुलाल ‘कागे’ले काग तिहारका अवसरमा नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औं काग सम्मेलन’सम्पन्न गरेका छन् ।
टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सह-आयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरेका हुन् । आइतबार बिहान पौने ६ बजेदेखि शुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए ।
दुलालले कागसहित १ सय ७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्छन्। दुलालसँग मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन निकाल्ने कला पनि छ।
काग तिहारलाई धार्मिक र साँस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्