Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


सप्तरीमा एक पुजारीको गाेली हानी हत्या


1.1k
Shares

काठमाडाैं । सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ।

बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित ७३ वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको उनकाे परिवारले जानकारी दिएकाे हाे। गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए ।

घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ । घटनास्थलबाट दुई वटा गोलीका खोका फेलापरेको प्रहरीले बताएको छ। शव परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे हाे।

सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको समेत प्रहरीले बताएकाे छ।