Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


एमालेका अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

पूर्वराष्ट्रपति भण्डारीकाे पार्टी सदस्यता नवीकरणका लागि ओली सकारात्मक

1.7k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने भएकाे छ।

जेनजी युवाकाे आन्दोलनपछि सत्ताच्यूत भएपछि उहाँले पहिलो पटक साेही सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्न लाग्नुभएकाे हाे। साेही कार्यक्रम आइतबार दिउँसो १ बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुने भएकाे छ । यसअघि उहाँको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीं भएको थियो ।

अध्यक्ष ओलीले गत शुक्रबारको केन्द्रीय कमिटी बैठक समापनमा घुमाउरो तरिकारले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका लागि सकारात्मक भएको जस्तो संकेत समेत गर्नुभएकाे थियाे। जसकारण फरक मत राख्ने इतर पक्षका नेताहरूको तयारी रोकिएको थियो ।