Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


स्पेनिश लालिगा फुटबल: जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित


442
Shares

काठमाडौं । स्पेनिश लालिगा फुटबल अन्तर्गत भएकाे खेलमा बार्सिलोनाले जिरोना विरुद्ध २–१ गाेलको जित हासिल गरेको छ।

शनिबार राति सम्पन्न भएकाे खेलमा बार्सिलोनाले रोमाञ्चक जित हासिल गरेकाे हाे। १३औं मिनेटमै बार्सिलोनाका पेड्रीले अग्रता दिलाउँदा ७ मिनेटपछि जिरोनाले बराबरी गोल फर्काएको थियाे।

लगातार प्रयासका बाबजुद दोस्रो हाफमा गोल गर्न नसकेको बार्सिलोनाका लागि निर्धारित समयपछि थपिएको ४ मिनेटभित्र मुख्य डिफेन्डर आराऊहोको गोल गरेका थिए ।

याे जितसँगै बार्सिलोनाले ९ खेलबाट २२ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ। जबकी रियल मड्रिड ८ खेलबाट २१ अंकसहित दोस्रो स्थानमा रहेकाे हाे।

Skip This