Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा (नामावलीसहित)


2.6k
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ काे सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

युएई र अमेरिकासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टी–२० विश्वकप छनोट खेल्ने टोलीमा रहेका आदिल आलम, सन्दीप जोरा र लोकेश बम लिग–२ सिरिजमा परेका छैनन् ।

उनीहरुको ठाउँमा भीम सार्की, अनिल शाह र शाहब आलम टोलीमा समेटिएका छन् । लिग–२ को सिरिज अक्टाेबर २६ तारिखदेखि नोभेम्बर ५ तारिखसम्म हुने क्यानले जनाएकाे हाे।