
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ०७ पैसा निर्धारण गरेको जनाएकाे हाे । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय रुपैयाँ ५४ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ६४ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ६४ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १ सय ८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ८९ रुपैयाँ ५३ पैसा ताेकिएकाे हाे ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी गराइएकाे छ।

प्रतिक्रिया दिनुहोस्