Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


केपी ओलीकाे सरकारप्रति टिप्पणी: सरकारकाे जग नै छैन, यसो हल्लाउँदा पुक्लुक्क हुन्छ, जग भएकालाई त बलजफ्ति फ्याँकियो’


676
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार म्याद नभएको म्यादी सरकार रहेको आरोप लगाउनुभएकाे छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएकाे हाे। निवर्तमान प्रधानमन्त्री समेत रहनुभएका उहाँले वर्तमान सरकार जग नै नभएको समेत आरोप लगाउनुभएकाे छ।

उहाँले भन्नुभयाे,- ‘यो एउटा भुल्को हो । यो सरकार भनेको म्याद नतोकिएको म्यादी सरकार हो । यो सरकार रहन्छ भन्ने भ्रम रहन्छ भने त्यो छाडिदिए हुन्छ । जग नभएको यसो हल्लाउँदा हल्लिने सरकार हो । कति जग भएकालाई त बलजफ्ति फ्याँकियो भने यो जगै नभएको । हल्लिँदा पुक्लुक्क हुन्छ । अनि यो सरकारका यत्रा धाकधम्की ? ’

अध्यक्ष ओलीले जेनजी युवाहरूले राष्ट्रिय झण्डा ओढेर सिंहदरबारमा आगो लगाउने काम गर्न नसक्ने र जेनजीले नै नगरेको समेत दावी गर्नुभयाे।