Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


जेनजीकाे आन्दोलनपछि ओली पहिलो पटक पार्टी मुख्यालय जाँदै


637
Shares

काठमाडौं ।नेकपा एमाले अध्यक्ष केपी ओली जेनजी युवाकाे आन्दोलनपछि पहिलो पटक पार्टीकाे केन्द्रीय कार्यालय च्यासल जानुहुने भएकाे छ।

साेही कार्यालयमा शनिबार दिउँसाे २ बजे पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन उहाँ जान लाग्नुभएकाे हाे। समन्वय कमिटीका सचिव आरसी लामिछानेले जेनजी आन्दोलनपछि सत्ताच्यूत भएका ओली अहिले गुण्डुमा भाडाकाे घरमा बस्नुभएकाे छ।

जेनजी आन्दोलनकारीले घरदेखि पार्टी कार्यालयसम्म आगजनी र तोडरफोड गरेका थिए।