
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच शीतल निवासमा छलफल भएकाे छ।
राष्ट्रपति पौडेलले बिहीबार साँझ साढे ५ बजेदेखि जेनजीका प्रतिनिधिसँग छलफल गर्नुभएकाे हाे। साेही छलफलमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीसहित जेनजीहरु सहभागी भएका थिए। त्यस्तै, छलफलमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना र बब्लु गुप्ता लगायत जेनजीहरु सहभागी भएका छन्।
त्यसैगरी, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धिरज जोशीसहितका जेनजी युवाहरु पनि छलफलमा सहभागी थिए । साेही छलफलमा जेनजी युवाहरुले आफ्ना माग पूरा गर्नका लागि कुरा राखेकाे बुझिएकाे छ।
प्रतिक्रिया दिनुहोस्