Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


निर्वाचन बिथोल्न केही तत्व सक्रिय छन्: गृहमन्त्री अर्याल

राजनीतिक दलले प्रहरीको दुरुपयोग गरेको आराेप

429
Shares

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाउनुभएको छ।

जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले निर्वाचनको माहोल बिगार्न लाग्नेहरुलाई सरकारले सम्झाई-बुझाई गर्ने बताउनुभयो । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उहाको भनाइ छ। वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागि बनेको बताउदै उहाँले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दावी समेत गर्नभयो।

निर्वाचनको लागि सरकारले सरोकारवाला सबैलाई संवादमा आउन आह्वान गरेको समेत उहाँले जिकिर गनुभएकाे छ। राजनीतिक दलहरुले भने सरकारले आफूहरुलाई वेवास्ता गरेको आरोप लगाउने गरेका छन् । उहाँले प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको बताउनुभएकाे छ।

व्यापक राजनितिक हस्तक्षेप भएको कारण प्रहरीको मनोबल गिरेको दावी गर्दै उहाँले वर्तमान सरकारले उठाउने कोशिस गरिरहेको बताउनुभयो । राजनीतिक दलहरुले प्रहरीको दुरुपयोग गरेको उहाँको आराेप छ।