Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने नवनियुक्त मुख्यमन्त्री सोनलको निर्णय

जनताको भावनाको कदर, सुशासन र विकासमा अग्रसरता लिने

520
Shares

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले बिहीबार पदभार ग्रहण गर्नुभएको छ।

पदभार ग्रहणसँगै उहाँले हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गर्नुभएकाे हाे। जनताको भावनालाई कदर गर्ने काम पहिलो प्राथमिकतामा राखिने उहाँकाे भनाइ छ। उहाँले बाँकी निर्णयहरु मन्त्री परिषदबाट हुने र जानकारी गराइने बताउँदै तत्काल जनताको आवाज, गुनासो र भावना समेटिने कार्यक्रम हेल्लो सिएमलाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर भएको बताउनुभयो ।

मुख्यमन्त्री सोनलले आफ्ना नवनियुक्त विना विभागीय मन्त्रीहरुसहित जनकपुरधामको मुजेलियास्थित शहीद गेट पुगेर शहीदहरुप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। याे सरकारमा कुनै पनि किसिमको अन्यौलता, हेलचक्राई र लापरवाही नहुने समेत उहाँले बताउनुभयो ।

जनताको भावनाको कदर, सुशासन र विकासमा अग्रसरता लिने उहाँकाे भनाइ छ।