Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


जनमत पार्टी फुटाउनेविरूद्ध अध्यक्ष राउत सर्वोच्चमा


1.4k
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टी फुटाएर दर्ता गरिएको नयाँ दलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे छ।

राउतबाट अख्तियारी प्राप्त गरी आफ्नो हकमा समेत सत्यनारायण खत्वेले निर्वाचन आयोगलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गर्नुभएकाे हाे । दायर मुद्दामाथि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह-रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले बताउनुभयाे।

जनमतका तत्कालीन उपाध्यक्ष दिपक साहले तत्कालीन केन्द्रीय समितिको २६ प्रतिशत अर्थात १४ जना केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यलाई फुटाएर जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गरिसक्नुभएकाे छ। आयोगले दल दर्ता भएको प्रमाणपत्र समेत साहलाई दिइसकेको जनाएकाे हाे।