Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड…


65
Shares

काठमाडाैं। हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्-झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भाग्न बाध्य हुनुभएकाे छ।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएदेखि बारम्बार जनविद्रोह भोग्दै आएको माडागास्करमा यस पटक युवाले विद्रोहको नेतृत्व गरेको हाे । माडागास्करमा दुई हप्तासम्म भएको खानेपानी र बिजुलीको नियमित आपूर्ति कटौती र महगीविरुद्ध भएको प्रदर्शन उहाँको राजीनामा माग्दै झन्-झन् चर्किदै जादाँ राष्ट्रपति एन्ड्री राजोएलिना देशै छाडेर भागेको अन्तर्राष्टिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

राष्ट्रपति विरुद्ध जेनजीले गर्दै आएको जेनजी माडा’ उपनामको प्रदर्शन सरकारको नियन्त्रण बाहिर गएसँगै ५१ वर्षीय राष्टपति राजोएलिना देश छाेडेर भागेका हुन् । सोमबार राति, राजोएलिनाले आफूमाथि कथित ज्यान लिने प्रयास भएपछि ‘सुरक्षित ठाउँ’ मा शरण लिएको बताए पनि सांसदहरूले पद त्यागेको आरोपमा राजोएलिनामाथि महाभियोग लगाउने मतदान शुरु गर्नु केही घण्टाअघि उनले राष्ट्रिय सभा विघटन गर्ने घोषणा गरेक थिए ।

तर उनको घोषणालाई बेवास्ता गर्दै मतदान जारी रह्यो र सांसदहरूले राष्ट्रपतिलाई महाभियोग लगाउने पक्षमा भारी बहुमत ले मतदान गर । यस अघि शनिबार क्यापस्याट नामले परिचित शक्तिशाली सेनाको इकाईका सिपाहीहरूले अप्रत्याशित रूपमा आफ्नो ब्यारेक छोडेर प्रदर्शनकारीहरूको साथ दिएका सिपाहीहरूको विद्रोहको नेतृत्व गरेका कर्णेल माइकल रान्ड्रिनाइरिनाले अहिले स्थानिय संचारमाध्यम मार्फत सेनाले सत्ता सम्हालेको भनि उद्घोष गरेका छन् ।

यसअघि जेनजीको प्रदर्शनमा प्रहरीसँगको बढ्दो झडप नियन्त्रण गर्न सडकमा निस्किएको सेनालाई आन्दोलनकारी युवाले स्वागत गरेपछि सेनाले पनि आन्दोलनकारी युवासँग हात मिलाएको थियो । यति बेला युवा पुस्ता अर्थात सैनिकले सामाजिक सञ्जालमा हामी सेना, अर्धसैनिक बल र प्रहरी एउटै हौं, आफ्ना साथी, दाजु-भाइ र दिदी-बहिनीमाथि गोली चलाउने आदेश अस्वीकार गरौं भन्दै सामाजिक सञ्जालमा लेखेको विषय व्यापक भाइरल बनेको थिायो ।

उता फ्रान्सेली सैनाको सहयोगमा जेटमा उडेर भागेका भनिएका राष्टपति राजोएलिनाले पद त्याग गर्न अझै अस्वीकार गरिरहनुभएकाे छ। उहाँले समाजिक संजालमार्फत राष्ट्रलाई सम्बोधन गर्दै केही सैन्य अधिकारी र राजनीतिज्ञहरूको समूहले आफ्नो हत्या गर्ने योजना बनाएको उल्लेख गर्नुभएकाे छ।

यसैबीच सेनाका थुप्रै टुकडीले पनि विद्रोह गर्दै राजाेएलिनालार्य साथ दिएका थिए । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएदेखि बारम्बार जनविद्रोह भोग्दै आएको माडागास्करमा यस पटक युवा पुस्ताले विद्रोहको नेतृत्व गरेको हो भने यो विद्रोह नेपालको जेनजी विद्रोहबाट प्रेरित रहेको जनाइएकाे छ।

पछिल्लो समय राजोएलिनाका नजिकका अधिकांश मानिसहरु मौरिसस भागेको पनि बताइएको छ ।