Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका सोनार नियुक्त


1.1k
Shares

काठमाडौं।मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का जितेन्द्र सोनार नियुक्त हुनुभएकाे छ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे। सोनालले आफ्नो नेतृत्वमा ५ दलीय गठबन्धनसहितको दावी पेश गर्नुभएकाे थियाे। अब मधेश प्रदेशमा जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गठबन्धनको सरकार भएको छ ।

नियुक्ति पत्र बुझ्दै मुख्यमन्त्री सोनलले जेनजी आन्दोलन पछि शून्यतामा पुगेको प्रदेशमा सुशासन कायम गर्न काम गर्ने बताउनुभयाे । उहाँले गठबन्धनका ५ वटै दल मिलाएर अहिलेका लागि साने मन्त्रिमण्डल विस्तार गर्ने जानकारी गराउनुभएकाे छ।यसअघि सतिश कुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री हुनुहुन्थ्याे।