
काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश दिएकाे छ ।
अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । थुनछेक बहसपछि क्षेत्रीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो ।
२०७९ पुस १० गते चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा महराविरुद्ध सीआईबीले अनुसन्धान गरेको थियो । महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् ।
सरकारी वकिलले महराविरुद्ध संगठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो माग दावी लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्