
एजेन्सी । हमासले आफ्नाे कब्जामा रहेका थप ४ जना मृत बन्धकका शव इजरायललाई हस्तान्तरण गरेको छ ।
हमासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै इजरायली सैन्य निकायले गाजामा आपत्कालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको हाे । शवहरू राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रमा लैजाने तयारी भइरहेको छ । जहाँ तिनीहरूको पहिचान गरी परिवारलाई जानकारी गराइनेछ । साेही घटनाक्रम हमास र इजरायलबीच कायम भएको शान्ति सम्झौताका लागि ठूलो चुनौती बनेको छ ।
सम्झौता अनुसार, बन्धकहरूलाई ७२ घण्टाभित्र मुक्त गर्नुपर्ने थियो । तर अहिलेसम्म मृतकका शवहरू निकै कम मात्र फिर्ता भएकोले बन्धकका परिवारहरूमा निराशा व्याप्त छ । हमासले गाजामा भएका विनाशका कारण शव खोज्न कठिनाइ भएको जनाएकाे छ। यसैबीच युएन र अमेरिकी अधिकारीहरूलाई पनि गाजामा सहायता कटौतीको विषयमा जानकारी दिइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बन्धक फिर्ता र शव हस्तान्तरण प्रक्रियालाई तीव्र बनाउन दबाब दिइरहनुभएकाे छ।
गाजा युद्धमा अहिलेसम्म ६७ हजार ६ सय भन्दा बढी प्यालेस्टिनी नागरिकहरुकाे मृत्युभएकाे हाे। जसमा बढी महिला र बालबालिका रहेकाे जनाइएकाे छ।
प्रतिक्रिया दिनुहोस्