Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


आफूलाई बिग्रियाे भन्नेलाई ओलीकाे प्रश्न: ‘म बिग्रिएको भए पो सप्रिनु ?

'सिंहदरबार र संसद भवन जलाउने पो सप्रिनुपर्छ'

429
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको बताउनुभएकाे छ।

ललितपुरमा बुधबारदेखि शुरु भएकाे पार्टीको १० औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे । सिंहदरबार र संसद भवन जलाउनेहरू पो सप्रिनुपर्ने उहाँकाे तर्क छ।

उहाँले भन्नुभयाे,-‘ओली अझै सप्रिएन भन्छन्, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू। सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो ? हो भने केपी ओलीले छोड्दैन।’

अध्यक्ष ओलीले पार्टीभित्र कुरा नगर्ने र बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चैं सप्रिनु पर्ने समेत बताउनुभयाे ।