
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गर्नुभएकाे छ।
ललितपुरमा बुधबार बसेकाे एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्ताे प्रस्ताव गर्नुभएकाे हाे। राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको उहाँकाे तर्क छ। एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकताको तयारी गरिहँदा अध्यक्ष ओलीले एमालेतर्फ आउन आग्रह गर्नुभयाे।
उहाँले भन्नुभयाे,-‘कसैका चौतारीमा छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस्, लाखौं कार्यकर्ता भएको पार्टी हो। यसमा आउनुहोस्। अन्यत्र बास खोज्दै नहिँड्नुहोस् ।’ अध्यक्ष ओलीले अन्य पार्टीहरूलाई पनि एकता र सहकार्यमा आउन अपिल समेत गर्नुभएकाे ।
प्रतिक्रिया दिनुहोस्