Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


फुट्यो जनमत पार्टी, जस्वपा गठन


0
Shares

काठमाडाैं ।

सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ । दीपक साहको नेतृत्वमा गठन भएको जनस्वराज पार्टीलाई निर्वाचन आयोगले मान्यता दिंदै दर्ता गरिदिएपछि जनमत औपचारिक रुपमा विभाजित भएको हो ।

साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमितिसहित जनस्वराज पार्टी दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार जनस्वराज पार्टीले माग गरेको झण्डामा निलो, सेतो र रातो रङ्गको ठाडो धर्का रहनेछ ।

यस्तै छाप गोलाकारभित्र पार्टीको नाम अंकित हुनेछ भने मध्य भागमा पार्टीको निर्वाचन चिह्न रहने छ । सो पार्टीले अहिले नै कुनै निर्वाचन चिन्ह माग नगरेकाले आयोगमा दर्ता कायम रहेका दलहरूको चिन्हसँग नबाझिने गरी उपयुक्त चिन्ह प्रस्ताव गर्ने पनि जनाएको छ ।