Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


टी-२० विश्वकप छनोट : नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै


949
Shares

काठमाडौं ।
आइसीसी – २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा आज नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल नेपाली समयअनुसार राति ८:४५ बजे हुनेछ ।

जारी प्रतियोगितामा नेपाल र ओमान दुवै अपराजित टोली हुन् । सुपर सिक्समा समान ६–६ अंकसहित ओमान पहिलो र नेपाल दोस्रो स्थानमा रहेका छन् । त्यसैले आज दुवै टोली जितसहित अंक तालिकामा अग्रता कायम गर्न चाहन्छन् ।

त्यस्तै, आजै बिहान ११:४५ बजे जापान र कतार तथा दिउँसो ४:१५ बजे यूएई र सामोआको खेल रहेको छ ।

नेपालको अन्तिम खेल शुक्रबार सामओआसँग छ । सुपर सिक्समा यी टोलीमध्ये प्रतिस्पर्धापछि शीर्ष तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी– २० विश्वकपका लागि छनोट हुनेछन् ।