
काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्ने बताउनुभएकाे छ ।
केन्द्रीय कार्य समितिकाे बैठकपछि बाहिरिने क्रममा मंगलबार संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता सिटौलाले कांग्रेस निर्वाचनबाट कहिल्यै नभागेको बताउँदै सरकारलाई निर्वाचनको माहाेल बनाउन आग्रह गर्नुभएकाे छ।
नेता सिटौलाले जेनजी युवाले उठाएका कतिपय मागहरू सकारात्मक रहेको बताउँदै कांग्रेस यस्ता मागहरूलाई पूरा गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्