Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने सभापति देउवाकाे तयारी


2.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुहुने भएकाे छ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्य समिति बैठकलाई सम्बाेधन गरेर उहाँले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुहुने भएकाे हाे। कार्यवाहकको मस्यौदा पत्र तयार भइसकेको र मंगलबारै सम्बोधन गरेर औपचारिकता दिने वार्तामा सहभागी एक जना नेताले बताएका छन् । सभापति देउवा सम्भवतः बुधबार नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै सञ्चचालन गर्ने याेजना रहेकाे छ। उपसभापति खड्का कार्यवाहक भएरै कांग्रेस महाधिवेशनमा जाने सम्भावना पनि बुझिएको छ।

जेनजी युवाकाे आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पत्ति थप उपचारको लागि सिंगापुरमा जाने तयारी गरेकाे कांग्रेसले जनाएकाे हाे । देउवा दम्पत्ति जेनजी आन्दाेलनपछि ३४ दिनमा साेही बैठकमा सहभागी भएका छन् ।