Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरण सम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान


3.2k
Shares

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको छ।

सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे आह्वान गर्नुभएको हो । नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले मन्त्री आफैं उजुरी हाल्दै हिंड्न नमिल्ने र पीडितले उजुरी दिए प्रक्रिया अघि बढ्ने बताउनुभयो । लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।

गृहमन्त्री अर्यालका अनुसार पहिला आदेशले चल्ने गरे पनि अहिले देश कानूनले चलिरहेको छ । भइरहेको कानून कार्यान्वयन हुने र कसैले त्यसमा हस्तक्षेप नगर्ने जिकिर गर्नुभयो । कुनै पूर्वाग्रह राखेर नभइ कानून, प्रमण र उजुरी हेरेर राज्य संयन्त्रले काम गर्ने उहाँले दावी गर्नुभएकाे छ।

मन्त्री अर्यालले तोकिएको समयमा निर्वाचन हुने समेत बताउनुभयाे।